रावलले लिए डेपुटी गभर्नरको शपथ


काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन्।

रावलले बिहीबार नै पदबहाली गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार उनी डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।

शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।

रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए। उनी २०६९ मा उपनिर्देशक, २०७५ मा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। कार्यकारी निर्देशक बनेपछि उनले बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए।

२०८३ भाद्र ४, बिहीबार २०:०१ प्रकाशित
ट्रेन्डिङ समाचार