चोरीका गरगहनासहित ६ जना पक्राउ


काठमाडौं । चोरीका गरगहनासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चोरीका गरगहना खरिद गर्ने विनोद शाक्य तथा चोरीमा संलग्न सुनसरीका २२ वर्षीय सुविन घिमिरे, मकवानपुरका २६ वर्षीय सुरज विक, काभ्रेका २६ वर्षीय संजय तामाङ र काठमाडौंका ३६ वर्षीय रवीन मर्जहन रहेका छन्। यस्तै, चोरीका गहना बेचबिखन गर्ने काठमाडौंका ३५ वर्षीय रवि महर्जन पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले गत १४ साउन बिहान करिब साढे ७ बजे बनस्थलीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट गरगहना चोरी गरेका थिए।

उनीहरूलाई प्रहरी वृत्त बालाजुले पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट चोरी भएका गरगहनासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

२०८३ भाद्र ४, बिहीबार १९:४७ प्रकाशित
ट्रेन्डिङ समाचार