सरकारको काम देखिएन, मध्यावधि निर्वाचन हुनसक्छ : डा. शशांक कोईराला


काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले वर्तमान सरकारले बहुमतको समर्थन पाए पनि जनताले महसुस गर्ने गरी ठोस काम गर्न नसकेको बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभयो।

कोईरालाले वर्तमान सत्ता समीकरण पाँच वर्ष टिक्ने सुनिश्चितता नरहेको र राजनीतिक परिस्थितिअनुसार मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभयो।

२०८३ श्रावण ३१, आईतवार १२:४० प्रकाशित
ट्रेन्डिङ समाचार