काठमाडौं । श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले नेताहरूबीच द्वन्द्व सिर्जना गराएर स्वार्थ पूरा गर्ने प्रवृत्तिबाट सचेत रहन पार्टीका श्रमदाता तथा शुभचिन्तकलाई आग्रह गरेका छन्।
किरातीले पार्टीभित्र आ–आफ्ना मत, दृष्टिकोण र बहस हुनु स्वाभाविक भए पनि फरक मतलाई गुटगत स्वार्थ वा पार्टी कमजोर पार्ने हतियार बनाउन नहुने बताएका छन्।
उनले पार्टीविरुद्ध भ्रम फैलाउने र घेराबन्दी गर्ने प्रयास भइरहेको दाबी गर्दै यस्तो अवस्थामा सबै एकताबद्ध भएर भ्रम चिर्न र पार्टीलाई सुरक्षित रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
२०८३ श्रावण ३०, शनिबार १६:०४ प्रकाशित


