ग्यास लिन उपभोक्ताको लामो लाइन


काठमाडौं । एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकाका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री थालेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगीमार्फत बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण भइरहेको छ। ग्यास लिन उपभोक्ताको ठूलो भीड लाग्दा वितरणस्थलमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। टेकुमा वर्षाका बीच पनि उपभोक्ता ग्यासका लागि लाइनमा बसेका छन्।

ग्यास लिन जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। निगमले ग्यास आयात नियमित रहेको र उद्योगहरूले डिलरमार्फत बिक्री गरिरहेको जनाएको छ। तत्काल ग्यास आवश्यक परेका उपभोक्तालाई राहत दिन विशेष बिक्री व्यवस्था गरिएको निगमको भनाइ छ।

२०८३ श्रावण ३०, शनिबार १५:०३ प्रकाशित
ट्रेन्डिङ समाचार