मनसुनी वर्षा बढ्ने, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा कोशी र बागमतीका केही क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। राति पनि देशभर बदली रही पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

२०८३ श्रावण २९, शुक्रबार ०७:२९ प्रकाशित
ट्रेन्डिङ समाचार