‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले पनि सक्दैनन्’ : देउवा


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध विभिन्न निकायमार्फत पक्राउ तथा मुद्दा चलाउने प्रयास भए पनि त्यसबाट आफू नडराउने बताएका छन्।

बिहीबार स्वदेश फर्किएपछि चुनदेवीस्थित संस्थापन इतर पक्षको सम्पर्क कार्यालयमा नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले आफू र पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अदालतले आदेश दिएको दाबी गरे।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि पटक–पटक अनुसन्धान भए पनि केही नदेखिएको देउवाको भनाइ थियो। उनले नेपालमा जनता र अदालत रहेकाले सबै कुरा जनताले बुझेको बताए।

देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रसंग जोड्दै भने, ‘राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ?’ उनले आफूविरुद्ध भएका गतिविधिको प्रतिवाद गर्ने संकेतसमेत गरे।

२०८३ श्रावण २८, बिहीबार १९:२४ प्रकाशित
ट्रेन्डिङ समाचार