काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा. नेपाललाई निर्देशक नियुक्त गरेकी हुन्।
११औँ तहका ग्यास्ट्रो सर्जन डा. नेपालले आजैदेखि जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, सहायक निर्देशकमा डा. अपार लामिछाने र अनिता बिसी नियुक्त भएका छन्।
यसअघि डा. प्रभा कोइरालाले निमित्त निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
पदभार ग्रहण गरेपछि डा. नेपालले वीर अस्पतालका समस्या वर्षौंदेखि नजिकबाट बुझेको बताउँदै गरिब तथा विपन्न नागरिकको भरोसाको केन्द्र रहेको अस्पतालको स्वास्थ्य सेवा सुधारमा आफू केन्द्रित हुने बताए।
२०८३ श्रावण २८, बिहीबार २०:२० प्रकाशित


