काठमाडौं । आज हङकङबाट स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले भेटेका छन्।
महाराजगञ्जस्थित देउवाको भाडाको निवास पुगेर मनाङेले देउवासँग भेट गरेका हुन्। देउवा आज निवासमै कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट गरिरहेका छन्।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई स्वागत गर्न कांग्रेस इतर समूहले निकालेको र्यालीमा समेत मनाङे सहभागी भएका थिए।
मनाङबाट दुई पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका गुरुङ गण्डकी प्रदेशसभा सदस्य हुँदै प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए।
२०८३ श्रावण २८, बिहीबार १९:२१ प्रकाशित


