६ महिनापछि देउवा स्वदेश फर्किंदै, भव्य स्वागत गर्ने


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज करिब ६ महिनापछि स्वदेश फर्किंदैछन्। उनी बिहीबार दिउँसो साढे १२ बजे थाई एयरको उडानबाट काठमाडौं अवतरण गर्नेछन्।

देउवाको स्वागतका लागि कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहितको कार्यक्रम आयोजना गर्ने भएको छ।

जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि सिंगापुर गएका देउवा त्यसपछि थप उपचारका लागि हङकङ पुगेका थिए।

स्वदेश फर्किएलगत्तै देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्। तीन दिनसम्म चल्ने भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजकले जनाएको छ।

२०८३ श्रावण २८, बिहीबार ०७:५३ प्रकाशित
ट्रेन्डिङ समाचार