काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने तथा केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
२०८३ श्रावण २८, बिहीबार ०७:३८ प्रकाशित


