काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले सत्तारूढ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका कामकारबाहीप्रति प्रश्न उठाएको भन्दै उनीहरूको दोहोरो भूमिकामाथि प्रश्न उठाएका छन्।
आचार्यले सरकारप्रति प्रश्न उठाउनु सकारात्मक भए पनि सत्तापक्षका नेताहरूमाथि झनै गम्भीर प्रश्न रहेको बताएका छन्। आफ्नै दलले बनाएको सरकार संसद्, संविधान, दल र जनताप्रति जवाफदेही नभएको भन्दै असन्तुष्ट भए सरकार बदल्ने तागत पनि सत्तापक्षमै रहेको उनको भनाइ छ।
उनले सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका आफैँ निर्वाह गर्ने प्रवृत्ति नदेखाउन आग्रह गर्दै सरकारप्रति असन्तुष्टि भए पनि किन परिवर्तन गर्न नसकेको भन्दै प्रश्न गरेका छन्। यस्तो व्यवहारले लोकतान्त्रिक मूल्य–मान्यता र स्थापित पद्धतिलाई थप कमजोर बनाउने उनले चेतावनी दिएका छन्।
२०८३ श्रावण २३, शनिबार १४:४० प्रकाशित

