आठ दलको अग्रगामी मोर्चा गठन, संविधान संशोधनमा जोड


काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आठ दलको अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।

मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै शर्माले विगतका कमजोरी सुधार गर्दै सामाजिक न्याय, आर्थिक विकास र जनउत्तरदायी शासनलाई प्राथमिकता दिने बताए।

मोर्चाले संविधान संशोधन तथा पुनर्लेखन, स्थानीय तहलाई प्रदेश मातहत ल्याउने, युवाका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्ने रणनीति अघि सारेको छ। सुकुमबासी समस्या स्थायी रूपमा समाधान गर्ने र संगठनलाई प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्ने पनि मोर्चाले जनाएको छ।

२०८३ श्रावण २३, शनिबार १४:५४ प्रकाशित
ट्रेन्डिङ समाचार