कीर्तिपुरमा ग्यास अभाव हुन नदिन मन्त्रीको निर्देशन


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले कीर्तिपुर क्षेत्रमा ग्यासको अभाव हुन नदिन ग्यास वितरक कम्पनीहरूलाई निर्देशन दिएकी छिन्।

शनिबार टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गर्दै मन्त्री यादवले कीर्तिपुर शैक्षिक केन्द्र भएकाले ठूलो संख्यामा विद्यार्थी डेरा गरी बस्ने भएकाले उनीहरूलाई लक्षित गरी ग्यास वितरण गर्न निर्देशन दिएकी हुन्।

उपभोक्ताको गुनासो र बजारको अवस्था बुझ्न मन्त्री यादवले डिपोको स्थलगत अनुगमन गरेको उनको सचिवालयले जनाएको छ।

२०८३ श्रावण २३, शनिबार १६:५७ प्रकाशित
ट्रेन्डिङ समाचार