गोरखा । गोरखाका दुई स्थानमा गएको पहिरोले पेट्रोल पम्प र एक घरमा क्षति पुर्याएको छ।
बिहीबार बिहान गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित पेट्रोल पम्प पछाडिबाट खसेको पहिरोले डिस्टेन्सर मेसिन तथा पार्किङमा रहेका पाँच मोटरसाइकल पुरिएका छन्। यस्तै, पालुङटार नगरपालिका–१ कोलकोटेमा बुधबार राति लेदोसहितको पहिरोले स्थानीय बाबुराम थापाको एकतले पक्की घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार तथा पहिरो हटाउने काम भइरहेको छ।
२०८३ श्रावण २१, बिहीबार १०:४० प्रकाशित


