काठमाडौं । सिराहाको गोलबजारमा आन्दोलनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको परिवार र सरकारबीच ८ बुँदे सहमति भएको छ।
सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन, सहिद घोषणा प्रक्रिया, १० लाख रुपैयाँ आर्थिक सहयोग, परिवारका सदस्यलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा र गणेशको नाममा पार्क निर्माण गरिनेछ।
पोस्टमार्टमपछि शव परिवारलाई बुझाइने र घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने गृहमन्त्री सुदन गुरुङले बताएका छन्।