नेपाल–इजरायलबीच डिजिटल सहकार्य विस्तारमा जोड


काठमाडौं ।  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपाल–इजरायल सम्बन्ध, सूचना प्रविधि, डिजिटल रूपान्तरण, दूरसञ्चार, कृषि, शिक्षा तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल भएको थियो।

मन्त्री तिमिल्सिनाले डिजिटल पूर्वाधार र सूचना प्रविधिमा इजरायलको अनुभवबाट नेपाल लाभान्वित हुन सक्ने बताउँदै नेपाली युवाका लागि तालिम र व्यावसायिक अवसर विस्तार गर्न आग्रह गर्नुभयो। राजदूत बासले सूचना प्रविधि, डिजिटल नवप्रवर्तन र कृषि आधुनिकीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्न इजरायल प्रतिबद्ध रहेको बताउनुभयो।

२०८३ श्रावण १५, शुक्रबार २०:०७ प्रकाशित
ट्रेन्डिङ समाचार