काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायत तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ।
शुक्रबार शीतल निवासमा भएको छलफलमा सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
छलफलमा पूर्वराष्ट्रपति यादवले सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको सहकार्यमा वर्तमान समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
२०८३ श्रावण १५, शुक्रबार १९:४७ प्रकाशित

