काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थाको समाधानका उपायबारे विचार–विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, प्रभु शाह, शरतसिंह भण्डारीलगायत नेताहरू सहभागी थिए।
२०८३ श्रावण १५, शुक्रबार १२:२५ प्रकाशित

