काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक अगुवासँग छलफल गरेका छन्।
शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा उनले मौलाना नरुल हुसेन, मौलाना मोहम्मद खालिद, विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी तथा सचिवालय सदस्य राजुराज फुयालसँग भेटवार्ता गरेका हुन्।
छलफलका क्रममा लामिछानेले सुनसरी, सिराहालगायत देशका विभिन्न स्थानमा भइरहेको प्रदर्शन शान्तिपूर्ण रूपमा रोक्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सम्बन्धित समुदायलाई अपिल गर्न आग्रह गरेका छन्।
२०८३ श्रावण १५, शुक्रबार १३:१० प्रकाशित

