नेकपाको संयोजन समिति बैठक आज, राजनीतिक एजेन्डामा छलफल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक शुक्रबार दिउँसो २ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, तराई–मधेसका समसामयिक विषय, प्रदेश सरकार गठन, सरकारका गतिविधि तथा पार्टीको आन्तरिक तयारीबारे छलफल हुने बताइएको छ। साथै, प्रदेश सरकार गठन र सञ्चालनका लागि आवश्यक संयन्त्र निर्माणबारे पनि निर्णय हुन सक्ने जनाइएको छ।

२०८३ श्रावण १५, शुक्रबार ११:५७ प्रकाशित
ट्रेन्डिङ समाचार