रघुनाथपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या


काठमाडौँ । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

हँसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरस्थित हनुमान मन्दिरमा राति बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको गएराति हत्या भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ।

२०८३ श्रावण १५, शुक्रबार ०९:२३ प्रकाशित
ट्रेन्डिङ समाचार