राजविराज सप्तरी। सुनसरीको देवानगञ्ज घटनापछि बढेको तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
यसअघि बोदेबरसाईन नगरपालिकामा बिहीबार राति १० बजेदेखि नै कर्फ्यु लागू गरिएको थियो। प्रशासनले कर्फ्युको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ भने आदेश उल्लङ्घन गर्नेमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ। शान्ति–सुरक्षा कायम राख्न नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको छ।
२०८३ श्रावण १५, शुक्रबार ०८:२१ प्रकाशित

