साम्प्रदायिक सद्भाव जोगाउन दलहरू एकजुट हुनुपर्छ : रवि लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा देखिएका पछिल्ला घटनाक्रम र सामाजिक सद्भाव बिथोलिने अवस्थाप्रति सबै राजनीतिक दल जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् ।

आफूले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले साम्प्रदायिक विद्वेष फैलाउने गतिविधि रोक्न सबै दलबीच साझा समझदारी बनेको जानकारी दिए ।

उनले कुनै पनि समुदायविरुद्ध घृणा, द्वेष र आक्रमणको अवस्था सिर्जना गर्ने गतिविधिले कसैलाई फाइदा नपुग्ने भन्दै यस्ता घटनामा सबै दल एक ठाउँमा उभिनुपर्ने बताए ।

एक युवकको मृत्यु भएको घटनाबारे उनले यो अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै निष्पक्ष छानबिन आवश्यक रहेको बताए । उनले अफवाह र षड्यन्त्रको पछि नलागी सत्यतथ्य बाहिर ल्याउन जिम्मेवार निकायको अनुसन्धान पर्खनुपर्ने धारणा राखे ।

लामिछानेले दोषी देखिएका जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र सरकारले यस विषयमा ढिलाइ गर्न नहुने बताए ।

२०८३ श्रावण १३, बुधबार ११:१९ प्रकाशित
ट्रेन्डिङ समाचार