काठमाडौंका नदी सतर्कता तहमा, सावधानी अपनाउन आग्रह


काठमाडौं ।  काठमाडौं उपत्यकामा निरन्तर वर्षाका कारण बागमती, धोबीखोला लगायतका नदी तथा खोलाहरू सतर्कता तहको आसपास पुगेका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले नदी किनार तथा कोरिडोर आसपास आवतजावत गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

मौसमविद् सौहार्द जोशीका अनुसार साना खोलामा पनि पानीको सतह छिट्टै बढ्न सक्ने भएकाले जोखिम बढेको छ। विभागले लुम्बिनी, बागमती, गण्डकी, कोशी प्रदेश तथा कर्णालीका अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ।

बिहीबार बिहानसम्म पनि विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानजिक नजान र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

२०८३ श्रावण १३, बुधबार १९:४९ प्रकाशित
ट्रेन्डिङ समाचार