सद्भाव कायम गर्न दलहरू एकमत, सरकारलाई जिम्मेवार बन्न आग्रह


काठमाडौँ । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायतका क्षेत्रमा देखिएको तनाव अन्त्य गर्न सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।

बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शान्ति कायम गर्न सबै दल एकजुट भएर अघि बढ्ने सहमति भएको जानकारी दिए। उनले संवेदनशील अवस्थामा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले अन्योल बढाएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरिएको बताए।

त्यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैठकमा तनावग्रस्त क्षेत्रको अवस्था सामान्य बनाउने विषयमा छलफल भएको जानकारी दिए। उनले भीड नियन्त्रणमा सरकार किन प्रभावकारी हुन नसकेको भन्ने विषयमा दलका नेताहरूले चासो व्यक्त गरेको बताए।

२०८३ श्रावण १३, बुधबार १०:१८ प्रकाशित
ट्रेन्डिङ समाचार