बसमा पाकेटमारी गर्ने चार पक्राउ


काठमाडौं ।  सार्वजनिक बसमा पाकेटमारी गरी नगद चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उनीहरूलाई बिहीबार बनेपा–८ तीनदोबाटोबाट काठमाडौंतर्फ जाने बस चढेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये सोनाम लामा जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका कैदी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

२०८३ श्रावण ७, बिहीबार १९:४२ प्रकाशित
ट्रेन्डिङ समाचार