अब नेपालमा २०० र ५०० भारु नोटको कारोबार खुला


काठमाडौं । नेपाल राष्ट्र बैंकले आवश्यक प्रक्रियागत व्यवस्था पूरा गर्दै २०० र ५०० दरका भारतीय रुपैयाँका नोटको प्रयोग औपचारिक रूपमा खुला गरेको छ। अब २०१६ नोभेम्बर ९ पछि जारी भएका ५०० रुपैयाँसम्मका भारतीय नोट नेपालमा प्रयोग, सटही तथा बैंकमार्फत कारोबार गर्न सकिनेछ।

तर, २०१६ नोभेम्बरअघि जारी भएका ५०० र १००० दरका नोट तथा २००० दरका भारतीय नोटको प्रयोग, ओसारपसार वा साथमा राख्न भने अनुमति दिइएको छैन। साथै, १०० रुपैयाँभन्दा माथिका भारतीय नोट भारत–नेपालबीच अधिकतम २५ हजार रुपैयाँसम्म मात्रै ल्याउन वा लैजान पाइने व्यवस्था यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ।

२०८३ श्रावण ७, बिहीबार १९:३५ प्रकाशित
ट्रेन्डिङ समाचार