स्ट्यान्डर्ड चार्टर्डका सीईओ सिंहद्वारा नेपालको आर्थिक विकासमा सहयोग प्रतिबद्धता


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकका भारत तथा दक्षिण एसियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीडी सिंहले तीनदिने नेपाल भ्रमणका क्रममा नेपाल सरकारका उच्च अधिकारी तथा नियामक निकायका नेतृत्वसँग भेटवार्ता गर्दै नेपालको आर्थिक विकासमा बैंकको अन्तर्राष्ट्रिय सञ्जाल र विशेषज्ञतामार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जुलाई १९–२१ सम्म भएको भ्रमणमा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितसँग विकास प्राथमिकता, लगानीका अवसर र दिगो आर्थिक वृद्धिका विषयमा छलफल गरेका थिए।

भ्रमणका क्रममा आयोजित नेटवर्किङ कार्यक्रममा सिंहले स्ट्यान्डर्ड चार्टर्डको विश्वव्यापी सञ्जाल, अन्तरदेशीय कर्जा, वित्तीय परामर्श र व्यापारिक समाधानमार्फत नेपालजस्ता बजारको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्याए।

२०८३ श्रावण ७, बिहीबार १९:४५ प्रकाशित
ट्रेन्डिङ समाचार