काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले अनुसन्धानका लागि उनलाई थुनामा पठाउने आदेश दिएको हो। अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिजो नियन्त्रणमा लिएको थियो।