१७ वर्षीया किशोरीबाट प्रलोभनमा डिम्ब झिकिएको आरोप, अनुसन्धान जारी


काठमाडौं  ।  ललितपुरस्थित बी एण्ड बी आईभीएफमा १७ वर्षीया किशोरीलाई पैसाको प्रलोभन देखाएर डिम्ब झिकिएको आरोप लागेको छ। डिम्ब झिकिएपछि स्वास्थ्यमा समस्या देखिएपछि पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएको छ।

प्रहरीले मानव बेचबिखन मुद्दाअन्तर्गत एक जना बिचौलियालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। यस घटनाले डिम्बदान प्रक्रियामा कानुनी मापदण्डको पालना, नाबालिगको संरक्षण र स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

२०८३ श्रावण ७, बिहीबार १९:३० प्रकाशित
ट्रेन्डिङ समाचार