प्रदेश सरकारको अन्योल छिट्टै हट्छ : ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकार सञ्चालनबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताउनुभएको छ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रदेश सरकार सञ्चालनमा देखिएका अस्पष्टता हटाएर स्पष्ट ढंगले सरकार अघि बढाइने बताउनुभयो।

प्रदेश सरकारमा सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला उहाँले सबै राजनीतिक दलले सहकार्य गर्दै संघीय सरकारलाई पनि जिम्मेवार र सजग बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

२०८३ श्रावण ७, बिहीबार १९:१९ प्रकाशित
ट्रेन्डिङ समाचार