मेलम्चीको पानी अस्थायी बन्द, काठमाडौँमा आपूर्ति प्रभावित
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसी पानी अत्यधिक धमिलो भएपछि काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानीको आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार पानीको गुणस्तर सुधार भएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरी पूर्वनिर्धारित तालिकाअनुसार वितरण गरिनेछ।
निरन्तर वर्षा भएमा पानी आपूर्ति पुनः सुचारु हुन केही समय लाग्न सक्ने जनाइएको छ।