स्वास्थ्य बीमा बोर्डद्वारा रु. २३.४४ अर्ब भुक्तानी, सेवा निरन्तर गर्न अस्पताललाई आग्रह


काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई रु. २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी गरेको जनाएको छ। बोर्डका अनुसार यससँगै २०८२ साल मंसिर मसान्तसम्मका सबै दाबी बक्यौता फर्छ्योट गरिएको छ।

बोर्डले मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग पहल भइरहेको जनाएको छ। साथै, बीमित नागरिकको उपचार सेवामा कुनै अवरोध नगरी गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थासँग आग्रह गरेको छ।

बोर्डले बीमित नागरिकलाई पनि स्वास्थ्य बीमा सेवाको जिम्मेवारीपूर्वक प्रयोग गर्न, अनावश्यक परीक्षण तथा उपचारको माग नगर्न र कार्यक्रमको दिगोपनामा सहयोग गर्न अपिल गरेको छ।

२०८३ असार १९, शुक्रबार १२:३० प्रकाशित
ट्रेन्डिङ समाचार