दुई दिन देशभर वर्षा, केही स्थानमा भारी पानी पर्ने


काठमाडौँ  । मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम बदली रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कोशी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ।

२०८३ असार १९, शुक्रबार ०७:२२ प्रकाशित
ट्रेन्डिङ समाचार