वनस्थलीको सन्देश : ‘हरित भविष्यका लागि साइकल संस्कृति’, विश्व साइकल दिवसमा काठमाडौंमा र्‍याली

बसन्तपुरदेखि सिद्धार्थ वनस्थली इन्स्टिच्युटसम्म साइकल यात्रा, विद्यार्थी–पूर्वविद्यार्थी र शिक्षकको उत्साहजनक सहभागिता


काठमाडौं । विश्व साइकल दिवसको अवसर पारेर काठमाडौंमा शनिबार वृहत् साइकल र्‍याली आयोजना गरिएको छ । वातावरण संरक्षण, स्वस्थ जीवनशैली र दिगो यातायातको सन्देश दिने उद्देश्यसहित आयोजित र्‍याली बसन्तपुरबाट सुरु भएर सिद्धार्थ वनस्थली इ न्स्टिच्युट  परिसरमा पुगेर सम्पन्न भएको हो ।

सिभा   (SiVIAA)  र  सिद्धार्थ वनस्थली इन्स्टिच्युटको संयुक्त  आयोजनामा भएको कार्यक्रममा इन्स्टिच्युटका विद्यार्थी, शिक्षक, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका साइकलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले ‘Ride Green, Ride Clean, Ride for Change’ भन्ने सन्देशसहित काठमाडौंका सडकमा साइकल यात्रा गरेका थिए ।

सिभा र  सिद्धार्थ वनस्थली इन्स्टिच्युटका अनुसार कार्यक्रमले साइकल संस्कृतिको प्रवर्द्धनसँगै वातावरण संरक्षणबारे जनचेतना फैलाउने प्रयास गरेको हो । पछिल्लो समय बढ्दो प्रदूषण, इन्धन निर्भरता र ट्राफिक समस्याबीच साइकललाई वैकल्पिक तथा दिगो यातायातको माध्यमका रूपमा प्रवर्द्धन गर्न र्‍याली आयोजना गरिएको  इन्स्टिच्युटका  भाइस प्रिन्सिपल सुनीता सिंहले  बताइन् ।

कार्यक्रम सफल बनाउन सिद्धार्थ वनस्थली इन्स्टिच्युट एलुम्नाइ एसोसिएसन(SiVIAA),  ग्राण्डी  इन्टरनेशनल हस्पिटल, समिट एयर, ट्राफिक प्रहरी तथा नेपाल प्रहरीले सहयोग गरेका थिए ।  सिभा र एसभीआईले स्वयंसेवक, सहभागी र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

र्‍यालीपछि आयोजित संक्षिप्त कार्यक्रममा सहभागीहरूले सानो प्रयासले पनि वातावरण संरक्षणमा ठूलो सन्देश दिन सकिने बताएका थिए । सिभिआए र एसभीआईले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

२०८३ जेष्ठ २६, मंगलवार १०:२२ प्रकाशित
ट्रेन्डिङ समाचार