काठमाडौं । काठमाडौंको शान्तिनगरस्थित सुकुम्बासी बस्तीबाट विस्थापित ३६ वर्षीय भेषराज दर्जीको उपचारका क्रममा बिहीबार वीर अस्पतालमा मृत्यु भएको छ। फोक्सोसम्बन्धी समस्याबाट पीडित दर्जीलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएपछि स्वास्थ्य अवस्था थप बिग्रिएको बताइएको छ।
नेपाल महिला एकता समाजकी अध्यक्ष बिना बुद्धाचार्यका अनुसार उपचारका लागि अस्पताल भर्ना गरिए पनि उनको ज्यान बचाउन सकिएन। दर्जीका श्रीमती र दुई सन्तान छन्। उनकाे शव हाल वीर अस्पतालमै रहेको र काठमाडौं महानगरपालिकाको टोली आएपछि अन्त्येष्टि गरिने जनाइएको छ।