संयुक्त राष्ट्रसंघ : मध्यपूर्व तनावले विश्व अर्थतन्त्र सुस्त हुने चेतावनी
काठमाडौं । संयुक्त राष्ट्रसंघ ले मध्यपूर्वमा बढ्दो तनावका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने चेतावनी दिएको छ। सार्वजनिक प्रतिवेदनअनुसार आगामी वर्ष विश्व आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ, जुन अघिल्लो प्रक्षेपणभन्दा कम हो।
प्रतिवेदनमा ऊर्जा आपूर्ति अवरोध, तेल–ग्यास मूल्यवृद्धि तथा ढुवानी खर्च बढ्दा विश्वव्यापी उत्पादन लागत बढेको उल्लेख गरिएको छ। साथै मल आपूर्तिमा समस्या आउँदा खाद्य सुरक्षामा असर पर्न सक्ने र मुद्रास्फीति पुनः बढ्ने जोखिम रहेको जनाइएको छ।
विशेषगरी इन्धन र खाद्यान्न आयातमा निर्भर विकासशील देशहरू बढी प्रभावित हुने बताइएको छ। पश्चिम एशियाली क्षेत्रमा आर्थिक वृद्धि तीव्र रूपमा घट्ने अनुमानसमेत गरिएको छ।