सहकारी बचत फिर्ताका लागि सरकारले बनाउने भयो एकीकृत सुरक्षण कोष


काठमाडौं । 

सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचत रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत कार्यक्रमअनुसार सहकारीको कर्जा असुली तथा सम्पत्ति बिक्रीबाट प्राप्त रकम कोषमा जम्मा गरिनेछ। उक्त रकम बचतकर्तालाई फिर्ता दिन प्रयोग गरिने सरकारको योजना छ।

यससँगै सहकारी क्षेत्रको नियमन प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई थप सुदृढ गरिने पनि सरकारले जनाएको छ।

२०८३ बैशाख २८, सोमबार १६:३९ प्रकाशित
ट्रेन्डिङ समाचार