१५ नयाँ दल दर्ताको लागि निवेदन, अध्ययनका क्रममा निर्वाचन आयोग


काठमाडौं

निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका निम्ति निवेदन माग गरेकोमा थप १५ दलले निवेदन दिएकोमा उनीहरुको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको आयोगले जनाएको छ ।

आउँदो फागुन २१ गते हुने गरी प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरिनुअघि १० दलले दर्ताका निम्ति निवेदन दिइएका थिए निर्वाचन घोषणापछि पाँच दल दर्ताका निम्ति निवेदन दिइएको र तिनका कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ।
सामान्यतः आयोगमा दल दर्ताका निम्ति जहिले पनि निवेदन दिन सकिन्छ। तर, ‘जेनजी’ आन्दोलनपश्चात् नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गरिएको परिवेशमा युवापुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ।
प्रक्रिया पुग्नेको आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

२०८२ कार्तिक ७, शुक्रबार १७:१५ प्रकाशित
ट्रेन्डिङ समाचार