काठमाडौ
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाममा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाममा सहमति जुटेको हो । उनीहरुको शपथ सोमबार विहान सितलनिवासमा हुने गरी आवश्यक तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयको जिम्मेवारी पाउने अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिइने जनाइएको छ ।
२०८२ भाद्र २९, आईतवार २३:४६ प्रकाशित


