स्राेत अभावले पूर्वाधार आयाेजनामा लगानी गर्न सकेनाैँ : अर्थमन्त्री पाैडेल


काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभाव भएर राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न नसकेको बताउनुभएको छ ।

अर्थ समितिमा आज भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उहाँले पूर्वाधारमा लगानी गर्न स्रोत नभएका कारण राज्यले वैकल्पिक वित्तको कानून ल्याउन खोजेको बताउनुभएको हो ।

अर्थमन्त्री पाैडेलका अनुसार आयोजना छनोटका लागि ट्रेजरीबाहिरबाट स्रोत जुटाउन र कार्यान्वयन गर्नका लागि यो कानून महत्त्वपूर्ण हुनेछ । प्रतिफल दिने योजनामा निजी क्षेत्रबाट समेत लगानी जुटाउन यो कानून महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

अर्थमन्त्रीले वैकल्पिक वित्तको कानून बनेपछि स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अहिले परिरहेको समस्या सामाधान हुने दाबी गर्नुभयाे । खानीका अध्ययन, मल कालखाना, आईटीलगायतका क्षेत्रमा त्यस्तो स्रोत परिचालन गर्न सकिने उहाँले बताउनुभयो ।

२०८२ श्रावण २६, सोमबार १७:५२ प्रकाशित
ट्रेन्डिङ समाचार