काठमाडौं । चितवनको माडी कल्याणपुरमा पछिल्लो २४ घण्टामा २२२ दशमलव ४ मिलिमिटर वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेश र बागमतीका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा गतिविधि बढेको हो। लगातारको वर्षाले बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना कायम रहनेछ। सोमबारदेखि भने वर्षा केही घट्ने पूर्वानुमान गरिएको छ।
सम्बन्धित खबर


प्रतिक्रिया