ADVERTISEMENT

महाराजगञ्जस्थित निवासबाट पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गएराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो।

जबरालाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे भने अहिलेसम्म स्पष्ट पारिएको छैन।

२०७८ फागुनमा जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।

प्रधानन्यायाधीश रहँदा विभिन्न विवादमा परेका जबराविरुद्ध कानुन व्यवसायीहरूले आन्दोलनसमेत गरेका थिए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार