काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनका लागि ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले रुकुम पश्चिमबाहेक सबै जिल्लामा प्रतिनिधि खटाएको हो। समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिसकेको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा प्रतिनिधि तोकिएका छन्। संयोजक डा. कोइरालाले केन्द्रीय प्रतिनिधि तोक्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
समूहका नेता दीपक खड्काका अनुसार कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हङ्गाम, पाँचथरमा सुर्यकुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
त्यस्तै झापामा कृष्ण हुमागाईं, संखुवासभामा दिपक खड्का, तेह्रथुममा केशव ढुंगाना, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागु, मोरङमा केदार कार्की, सुनसरीमा लक्ष्मी खतिवडा, सोलुखुम्बुमा सुभराम बस्नेत, खोटाङमा सरस्वती बजीमय, ओखलढुंगमा गोमा केसी र उदयपुरमा नारायण बहादुर कार्की केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
गण्डकी प्रदेशमा गोरखामा नवराज गुरुङ, लमजुङमा पुष्प पराजुली, तनहुँमा मणिभद्र शर्मा, कास्कीमा शंकर भण्डारी, मनाङमा सीता देवकोटा, मुस्ताङमा किरण पौडेल, पर्वतमा पोषनाथ शर्मा, स्याङ्जामा प्रा.डा. राजेन्द्रराज वाग्ले, म्याग्दीमा ऋषी काफ्ले, बागलुङमा जीत शेरचन र नवलपुरमा गुरु बराल प्रतिनिधि तोकिएका छन् ।
लुम्बिनी प्रदेशमा नवलपरासीपश्चिममा विकास घिमिरे, रुपन्देहीमा गुणाकर भुर्तेल, कपिलवस्तुमा राजेश सिंह, पाल्पामा माधव नेपाल अर्घाखाँचीमा वावुराम पौडेल, गुल्मीमा वेदबहादुर थापा, रुकुम (पूर्व) दत्तबहादुर बस्नेत,
रोल्पामा मान बहादुर खत्री, प्यूठानमा ईश्वर सिंह विष्ट, दाङमा गोपाल राज शर्मा बाँकेमा सुदिप नरसिंह राणा र बर्दियामा जग्गा पाण्डे केन्द्रीय प्रतिनिधि तोकिएक छन् ।
कर्णाली प्रदेशमा रुकुम (पश्चिम)मा बाहेक अन्यत्र केन्द्रीय प्रतिनिधि तोकिएको छ । सल्यानमा दिपक चन्द, डोल्पामा भैरव बहादुर शाही, जुम्लामा दीपेन्द्र हमाल, मुगुमा तिलकवहादुर मल्ल, हुम्लामा वखतवहादुर शाही, कालिकोटमा दमन वहादुर शाही, जाजरकोटमा ज्ञानवहादुर शाही, दैलेखमा एकेन्द्र वहादुर पन्त र सुर्खेतमा महेन्द्र शाही केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा बाजुरामा हर्कजंग वहादुर सिंह, बझाङमा सिताराम जोशी, डोटीमा अर्जुन तामाकार, अछाममा कवीराज पण्डीत, दार्चुलामा सन्तोष ऐतवाल, बैतडीमा चित्तामणी भट्ट, डडेलधुरामा टेक वहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा र कैलालीमा देवराज जोशी, तोकिएका छन् ।

प्रतिक्रिया