काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन बुधबार अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ।
प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाली समयअनुसार शुक्रबार बिहान महासभाको ८१औँ सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालले भोगिरहेको जलवायु संकट र त्यसबाट सिर्जित असरका विषयमा धारणा राख्नुहुनेछ।
नेपालले बढी कार्बन उत्सर्जन गर्ने विकसित मुलुकबाट जलवायु संकटको असर भोगिरहेका नेपालजस्ता न्यून उत्सर्जन गर्ने देशलाई न्यायपूर्ण सहयोग हुनुपर्ने विषयमा जोड दिनेछ। भोटेकोशी बाढी, जलवायुजन्य विपद् तथा क्षतिको क्षतिपूर्ति, आर्थिक सहयोग, हिमाली मुलुकका समस्या र अन्तर्राष्ट्रिय सहयोगलगायत विषय प्रधानमन्त्री शाहले उठाउने तयारी छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया