काठमाडौं । रसुवा बाढीपछि उद्धारका लागि नेपाल आएको ६ सदस्यीय चिनियाँ सुरुङ विज्ञ टोली २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सम्पर्कमा रहेको पाइएको छ।
यसअघि प्रधानमन्त्री कार्यालयले टोलीलाई माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि परिचालन गरिएको जनाएको थियो। तर, उक्त आयोजनाको सुरुङमा कोही नफसेको र चिनियाँ टोली पनि त्यहाँ नपुगेको आयोजना व्यवस्थापनले जनाएको छ।
अपर त्रिशूली–१ का प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले चिनियाँ विज्ञ टोली आफूहरूको सम्पर्कमा रहेको पुष्टि गरे। उनका अनुसार आयोजनाको सुरुङमा करिब ४ सय जना फसेको अनुमान छ।
आयोजनाको सिभिल निर्माण गरिरहेको चिनियाँ कम्पनी ‘चाइना रेलवे’सँगको समन्वयमा विज्ञ टोली आएको र आइतबारदेखि फिल्डमा खटिने तयारी रहेको अधिकारीले बताए।
२०८३ भाद्र १३, शनिबार १९:२० प्रकाशित


