काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न जिल्लाबाट ६२६ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार चितवनमा २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढीबाट प्रभावित २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
२०८३ भाद्र १३, शनिबार १६:१० प्रकाशित


