राहत सामग्री लिएर भारतीय वायुसेनाको दोस्रो जहाज काठमाडौंमा


काठमाडौं । बाढी प्रभावितका लागि राहत तथा उद्धार सामग्री लिएर भारतीय वायुसेनाको दोस्रो जहाज काठमाडौं आइपुगेको छ। जहाजले राहत सामग्री हस्तान्तरण गरेपछि भारत फर्किने विमानस्थलस्थित नागरिक उड्डयन कार्यालय स्रोतले जनाएको छ।

यसअघि बुधबार राति भारतीय वायुसेनाको जहाजले १० टन राहत तथा उद्धार सामग्री काठमाडौं ल्याएको थियो। भारत सरकारले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० टन मानवीय सहायता सामग्री र अत्यावश्यक औषधि उपलब्ध गराएको हो।

नेपाल सरकारको आग्रहमा भारतले राहत तथा उद्धार सामग्री पठाएको हो। पहिलो किस्ताको सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरेका थिए।

२०८३ भाद्र ११, बिहीबार १५:४१ प्रकाशित
ट्रेन्डिङ समाचार