संसदको ४७औँ बैठक आज, चार विधेयक समितिमा पठाइँदै


काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गत ४७औँ बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।

संसद् सचिवालयका अनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्। त्यसपछि चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछ।

बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’, ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेका हुन्।

२०८३ भाद्र ८, सोमबार ०७:३२ प्रकाशित
ट्रेन्डिङ समाचार